आँधी रगासासँग जुध्न चीन र हङकङमा तीव्र रूपमा तयारी भइरहेको छ। चीनको ग्वाङडोङ प्रान्तबाट अहिलेसम्म ३ लाख ७० हजार भन्दा बढी मानिलाई सुरक्षित स्थानमा सारिएको छ।
बीबीसीका अनुसार रगासा बुधबार ग्वाङडोङमा जमिनमा बजारिने अनुमान गरिएको छ।
यसैबीच रगासाका कारण हङकङमा सयौँ उडान रद्द गरिएका छन्। हङकङ वेधशालाले लेभल ८ को आँधीको चेतावनी जारी गरेको छ, जुन अधिकतम चेतावनी स्तर १० भन्दा दुई कम हो।
यसको अर्थ औसत ६३ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढीको गतिमा हावा चल्ने अनुमान गरिएको छ।
एएफपीको रिपोर्टअनुसार, चीनले कम्तीमा १० सहरमा विद्यालय र केही व्यवसाय बन्द गर्न आदेश दिएको छ। झुहाईमा मानिसहरूले आफ्नो घर र पसलका झ्याल बन्द गरिरहेका छन्।
रगासा आँधीले सोमबार उत्तरी फिलिपिन्सका साना टापु पार गरेको थियो।
90
Shares

प्रतिक्रिया