ad ad

ग्लोबल


यी मन्त्रीले किन दिए केजरीवाल सरकार र आम आदमी पार्टीबाट राजीनामा? (भिडिओ)

यी मन्त्रीले किन दिए केजरीवाल सरकार र आम आदमी पार्टीबाट राजीनामा? (भिडिओ)

नेपालखबर
चैत २८, २०८० बुधबार २०:७, काठमाडौँ

दिल्लीको अरविन्द केजरीवाल सरकारका मन्त्री राजकुमार आनन्दले आफ्नो पद र आम आदमी पार्टीबाट राजीनामा दिएका छन्।

केजरीवाल सरकारमा समाजकल्याण मन्त्री रहेका आनन्दले राजीनामा दिएर भने, ‘दुःखका साथ भन्नुपरेको छ– राजनीति परिवर्तन भएन तर राजनेता परिवर्तन भए।’ 

‘भ्रष्टाचारविरुद्धको आन्दोलनबाट आम आदमी पार्टीको जन्म भएको हो, तर आज यो पार्टी आफैं भ्रष्टाचारको दलदलमा फसेको छ, यो सरकारमा काम गर्न मलाई असहज भएको छ। म यो पार्टी र सरकारको मन्त्री पदबाट राजीनामा दिँदै छु।’

मदिरा नीतिसम्बन्धी मुद्दामा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल हाल तिहाड जेलमा छन्। २१ अप्रिलमा ईडीले केजरीवाललाई पक्राउ गरेको थियो।

केजरीवाल अहिले जेलबाटै दिल्लीको सरकार चलाइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .