ad ad

ग्लोबल


बाइडेन र ट्रम्प राष्ट्रपतीय बहसमा भिड्दै

बाइडेन र ट्रम्प राष्ट्रपतीय बहसमा भिड्दै

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १०:१९, काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत भएका छन्।

बीबीसीको समाचारअनुसार बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुईवटा राष्ट्रपतीय बहस हुनेछन्।

सीएनएनले जर्जिया राज्यमा जुन २७ मा पहिलो बहस आयोजना गर्ने छ भने दोस्रो बहस सेप्टेम्बर १० मा एबीसीमा हुनेछ।

बुधबार अमेरिकी राष्ट्रपति बाइडेनले पूर्वराष्ट्रपति ट्रम्पलाई दुईवटा बहसको  प्रस्ताव राखेका थिए। जसलाई ट्रम्पले तुरुन्तै स्वीकार गरे। अझ ट्रम्पले दुईको सट्टा तीनवटा बहसको प्रस्ताव राखेका थिए।

ट्रम्पले अक्टोबर २ मा फक्स न्युजमा तेस्रो बहस हुनुपर्ने बताएका छन्। 

ट्रम्पले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अमेरिकी नागरिकहरूले राष्ट्रपति पदका उम्मेदवारहरूलाई सुन्ने दुईवटा होइन तीनवटा मौका पाउनुपर्छ।’

बाइडेन र ट्रम्प दुवै आगामी राष्ट्रपति निर्वाचनमा पनि उम्मेदवार बन्ने तयारीमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .