ग्लोबल


ममता बनर्जीले भनिन्- प्रधानमन्त्री मोदीले तत्काल राजीनामा दिनुपर्छ

ममता बनर्जीले भनिन्- प्रधानमन्त्री मोदीले तत्काल राजीनामा दिनुपर्छ

मुख्यमन्त्री ममता बनर्जी


नेपालखबर
जेठ २२, २०८१ मंगलबार २१:५४, काठमाडौँ

लोकसभा चुनावमा इन्डिया गठबन्धनको प्रदर्शनपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा मागेकी छन्।

ममता बनर्जीले मिडियासँग भनिन्, ‘एकातर्फ सीबीआई र अर्कातर्फ ईडीको बाबजुद पनि मोदीले पूर्ण बहुमत पाएका छैनन्। उनले आफ्नो विश्वसनीयता गुमाएका छन्। उनले (पीएम मोदी) तुरुन्तै राजीनामा दिनुपर्छ, किनभने यसपटक उनले ४०० पारको नारा दिएका थिए।’

आज सार्वजनिक मतपरिणामअनुसार स्वयं मोदीले त वाराणसीबाट लगातार तेस्रो जित हासिल गरेका छन् तर उनको पार्टी भाजपा नेतृत्वको गठबन्धन एनडीए भने ३०० सिट प्राप्त गर्न संघर्षरत छ। यसपटक उसले बहुमत ल्याउन नसक्ने लगभग निश्चित भएको छ। 

ममताले थप भनिन्, ‘अहिले उनी (मोदी) हरूले टीडीपी र नितिश कुमारको खुट्टा समात्नुपर्ने अवस्था छ। म मोदीजीलाई राम्ररी चिन्छु। उनीहरूले इन्डिया गठबन्धन तोड्न सक्ने छैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad