ग्लोबल


ट्रम्पका सल्लाहकारले भने: मोदी पुटिन र सीसँग उभिनु लज्जास्पद

ट्रम्पका सल्लाहकारले भने:  मोदी पुटिन र सीसँग उभिनु लज्जास्पद

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १३:३५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुस र चीनका नेताहरूसँग नजिक भएकाप्रति आपत्ति जनाएका छन्।

नभारोले भनेका छन्, ‘मोदी (चीनका राष्ट्रपति) सी चिनफिङ र (रुसका राष्ट्रपति) भ्लादिमिर पुटिनसँग उभिनु लज्जास्पद छ।’

उनले अगाडि भनेका छन्, ‘हामीलाई थाहा छैन- मोदी के सोचिरहेका छन्, हामीलाई आशा छ- उनले आफू रुसको सट्टा हामीसँग हुनुपर्छ भनेर मनन गर्नेछन्।’

यसअघि सोमबार नभारोले रुसबाट सस्तोमा तेल किनेर भारतका केवल ब्राह्मणहरूले नाफा कमाइरहेको र यसको मूल्य भने सिंगो देशले चुकाउनुपरिरहेको टिप्पणी गरेका थिए।

रुसबाट तेल किनेर युक्रेनविरुद्ध आक्रमण गर्न पैसा उपलब्ध गराइरहेको आरोप लगाउँदै अमेरिकाले भारतका सामानमा ५० प्रतिशत भन्सार कर लगाएको छ। 

यसैबीच अमेरिका अर्थमन्त्री स्कट बेसेन्टले पनि भारतले रुसबाट कच्चा तेल किनेर उसलाई युक्रेनमा हमला गर्न बल दिइरहेको आरोप लगाएका छन्।

उनले भारतलाई ‘खराब खेलाडी’ भने।

फक्स न्युजसँगको कुराकानीमा बेसेन्टले चीनमा आयोजित एससीओ बैठकमा भारतका प्रधानमन्त्री मोदीको सहभागितालाघ ढोँगको संज्ञा दिए। 

यद्यपि, उनले अमेरिका र भारत बलियो लोकतन्त्र भएकाले मतभेद समाधान गर्न सक्ने बताए।

सोमबार चीनको तियानजिनमा एससीओ बैठक भएको थियो। बैठकअघि भारतका प्रधानमन्त्री मोदी, चीनका राष्ट्रपति चिनफिङ र रुसका राष्ट्रपति पुटिन सँगै देखिएका थिए। तस्बिरमा उनीहरू एकअर्काको हात समातेका छन्। 

साथै प्रधानमन्त्री मोदी द्विपक्षीय वार्ताका लागि रुसका राष्ट्रपति पुटिनको कारमा चढेर गएका थिए। दुवैले लगभग एक घण्टा गोप्य कुराकानी गरेका थिए।

ती तस्बिरलाई ट्रम्पविरुद्ध तीन देशको एकताका रूपमा प्रस्तुत गरिएको थियो। पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ पनि बैठकमा उपस्थित भएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad