ग्लोबल


पाकिस्तान र साउदीबीच सम्झौता: एक देशमा आक्रमण भए दुवैविरुद्ध मानिने

पाकिस्तान र साउदीबीच सम्झौता: एक देशमा आक्रमण भए दुवैविरुद्ध मानिने

बुधबार भेटका क्रममा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र साउदीका युवराज मोहम्मद बिन सलमान।


नेपालखबर
असोज २, २०८२ बिहिबार १०:०, काठमाडौँ

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बुधबार एक सम्झौतामा हस्ताक्षर गरेका छन्। जसलाई ‘रणनीतिक पारस्परिक रक्षा सम्झौता’ भनिएको छ।

उक्त सम्झौताअन्तर्गत यीमध्ये एउटा देशमा आक्रमण भए दुवै देशमाथिको आक्रमण मानिनेछ।

यो सम्झौता प्रधानमन्त्री शहबाज सरिफ साउदी अरेबिया भ्रमणमा रहेका बेला भएको हो। 

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले रियादको अल-यामामा दरबारमा सरिफलाई स्वागत गरे।

भेटका क्रममा दुई नेताले आफ्नो सम्बन्धलाई अझ सुदृढ पार्ने बारेमा छलफल गरे।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसाक दारले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘दुई देशबीच लगभग ८० वर्ष पुरानो सम्बन्ध छ, जुन भ्रातृत्व, इस्लामिक एकता र रणनीतिक सहयोगमा आधारित छ।’

विदेशमन्त्रीका अनुसार, यो सम्झौताले रक्षा सहयोग बढाउने र क्षेत्रमा शान्ति र सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad