ग्लोबल


ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भनेपछि जेलेन्स्की :  ‘ठूलो परिवर्तन’

ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भनेपछि जेलेन्स्की :  ‘ठूलो परिवर्तन’

नेपालखबर
असोज ८, २०८२ बुधबार १३:४८, काठमाडौँ

रुस-युक्रेन मुद्दामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरेको धारणालाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘ठूलो परिवर्तन’ भनेका छन्। 

यसअघि युद्धविरामका लागि युक्रेनले आफ्ना केही भूभाग त्याग्नुपर्ने बताइरहेका ट्रम्पले अहिले एकाएक कुरा फेर्दै रुसलाई कागजी बाघको संज्ञा दिएका छन् भने युक्रेनले गुमेको भूमि फिर्ता लिनसक्ने बताएका छन्।

यस विषयमा जेलेन्स्कीले संयुक्त राष्ट्र संघमा पत्रकारहरूसँग कुरा गर्दै अब अमेरिका युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न इच्छुक देखिएको बताएका हुन्। 

ग्यारेन्टी कस्तो हुन्छ त भनेर सोध्दा उनले भने, ‘म झुट बोल्न चाहन्नँ, हामीसँग कुनै ठोस जानकारी छैन।’

यद्यपि जेलेन्स्कीले युक्रेनले थप हतियार, वायु रक्षा र ड्रोन प्राप्त गर्ने सम्भावना उल्लेख गरे।

जेलेन्स्कीले फक्स न्युजसँग भने, ‘मलाई लाग्छ- पुटिनले राष्ट्रपति ट्रम्पसँग धेरैपटक झुट बोलेकाले पनि फरक पारेको छ।’

यसअघि मंगलबार संयुक्त राष्ट्र संघमा आफ्नो भाषणपछि ट्रम्पले नेटो देसहरूले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने रुसी विमानहरूलाई गोली हान्नुपर्ने पनि बताएका थिए।

हालै नेटो हवाई क्षेत्रमा रुसी लडाकु विमान र ड्रोन देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad