ग्लोबल


मेडागास्करमा पनि 'जेनजी' आन्दोलन, राष्ट्रपतिले गरे सरकार विघटन

मेडागास्करमा पनि 'जेनजी' आन्दोलन, राष्ट्रपतिले गरे सरकार विघटन

नेपालखबर
असोज १४, २०८२ मंगलबार १५:४०, काठमाडौँ

मेडागास्करमा युवाहरूको विरोध प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति एन्ड्री राजोएलिनाले सरकार विघटनको घोषणा गरेका छन्।

पानी र बिजुली लामो समयसम्म अवरुद्ध भएको विरोधमा युवा (जेनजी) को नेतृत्वमा केही दिनदेखि भएको प्रदर्शनपछि यो घोषणा आएको हो।

सोमबार टेलिभिजन सम्बोधनमा एन्ड्री राजोएलिनाले भने, 'यदि सरकारले जनताले सुम्पेको जिम्मेवारी पूरा गरेको छैन भने हामी यसलाई स्वीकार गर्छौं र माफी चाहन्छौँ।'

राष्ट्रपतिको राजीनामा माग्दै गत बिहीबारदेखि हजारौँ युवा सडकमा उत्रिएका छन्।

संयुक्त राष्ट्र संघका मानव अधिकार प्रमुखले प्रदर्शनमा कम्तीमा २२ जनाको मृत्यु भएको र १०० जना घाइते भएको रिपोर्ट गरेका छन्।

उनले प्रदर्शनकारीहरूविरुद्ध सुरक्षा बलले गरेको दमनको पनि निन्दा गरेका छन्।

बीबीसीका अनुसार मेडागास्करको विदेश मन्त्रालयले संयुक्त राष्ट्र संघको तथ्यांकलाई अस्वीकार गरेको छ।

मन्त्रालयले यो तथ्यांक 'अफवाह र गलत जानकारी'मा आधारित रहेको दाबी गरेको छ।

यसअघि नेपालमा हालै जेनजी आन्दोलनकै कारण दलीय सरकार ढलेर नागरिक सरकार गठन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad