ग्लोबल


गुजरातमा राजनीतिक उथलपुथल, सबै मन्त्रीले राजीनामा दिएको भोलिपल्टै नयाँ मन्त्रिपरिषद्को शपथ

गुजरातमा राजनीतिक उथलपुथल, सबै मन्त्रीले राजीनामा दिएको भोलिपल्टै नयाँ मन्त्रिपरिषद्को शपथ

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १६:०, काठमाडौँ

भारतीय राज्य गुजरातमा राजनीतिक उथलपुथल भएको छ।

त्यहाँका मुख्यमन्त्री भूपेन्द्र पटेल सरकारका सबै १६ मन्त्रीले राजीनामा दिएको भोलिपल्टै शुक्रबार मन्त्रिपरिषद् विस्तार गरिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार आज २५ मन्त्रीले शपथ खाएका हुन्। योसँगै गुजरात मन्त्रिपरिषद्को सदस्य संख्या २६ पुगेको छ।

मुख्यमन्त्रीसहित आठ जना मन्त्री पटेल समुदायका छन्। आठ जना ओबीसी, तीन जना एससी, चार जना एसटी र तीन जना महिला छन्। १९ जना नयाँ अनुहार छन्।

हर्ष संघवीलाई उपमुख्यमन्त्री बनाइएको छ। उनले पहिले गृहमन्त्रीको पद सम्हालेका थिए। क्रिकेटर रवीन्द्र जडेजाकी श्रीमती रिवाबालाई पनि मन्त्री नियुक्त गरिएको छ।

यसअघि बिहीबार सबै १६ जना मन्त्रीले मुख्यमन्त्रीलाई आफ्नो राजीनामा बुझाएका थिए। यो फेरबदललाई २०२७ को राज्य विधानसभा चुनावको तयारीसँग जोडेर हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad