ग्लोबल


युवकलाई बलात्कार गरेको मुद्दामा अस्ट्रेलियाका पूर्वमन्त्री वार्डलाई झन्डै ६ वर्ष जेल

युवकलाई बलात्कार गरेको मुद्दामा अस्ट्रेलियाका पूर्वमन्त्री वार्डलाई झन्डै ६ वर्ष जेल

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार ९:४०, काठमाडौँ

कामका क्रममा भेटेका दुई युवकलाई यौन उत्पीडन गरेको कसुरमा अस्ट्रेलियाका पूर्वमन्त्री ग्यारेथ वार्डलाई पाँच वर्ष नौ महिनाको जेल सजाय सुनाइएको छ।

बीबीसीका अनुसार ४४ वर्षीय वार्ड जुलाईदेखि जेलमा छन्।

एक निर्णायक मण्डलले उनलाई २०१३ र २०१५ मा दुई छुट्टाछुट्टै घटनामा एक युवकलाई बलात्कार गरेको र अर्कोमाथि अभद्र व्यवहार गरेकोमा दोषी ठहर गरेको हो।

वार्डले २०११ देखि न्यु साउथ वेल्सको तटीय सहर कियामाको प्रतिनिधित्व गरिरहेका थिए।

२०२१ मा आरोप लागेपछि उनले मन्त्री पदबाट राजीनामा दिए, तर सांसद रहे र २०२३ मा पुन: निर्वाचित भएका थिए।

वार्डलाई सजाय सुनाउने न्यायाधीशले यस मुद्दामा 'कारावासबाहेक अरू कुनै सजाय उपयुक्त नभएको' बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad