ग्लोबल


बिहार चुनाव: दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

बिहार चुनाव: दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार ८:९, काठमाडौँ

भारतको बिहारमा विधानसभा चुनावअन्तर्गत आज (मंगलबार) दोस्रो तथा अन्तिम चरणको मतदान सुरु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आजको मतदान बिहार राज्यका २४३ विधानसभा सिटमध्ये १२२ सिटका लागि हो।

बाँकी १२१ सिटका लागि यसअघि नोभेम्बर ६ मा पहिलो चरणको मतदान भइसकेको छ। जसमा कीर्तिमानी ६४.६६ प्रतिशत मतदान भएको थियो।  

आज बिहारमा ६ राज्य र १ केन्द्र शासित प्रदेशका ८ विधानसभा सिटका लागि उपचुनाव पनि भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

जम्मु-कश्मीरको बडगाम र नगरोटा, राजस्थानको अन्ता, झारखण्डको घाटशीला, तेलङ्गानाको जुबली हिल्स, पन्जाबको तरनतारन, मिजोरमको डम्पा र ओडिसाको नुआपाडामा मतदान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad