ग्लोबल


भारतका पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन

भारतका पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन

भारतका पूर्वगृहमन्त्री शिवराज पाटिल


नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार ९:४३, काठमाडौँ

भारतका वरिष्ठ कंग्रेस नेता तथा पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार ९० वर्षको उमेरमा आज (शुक्रबार) बिहान ६:३० बजे (भारतीय समय) लातुरमा उनको निधन भएको हो। 

केही दिनदेखि बिरामी उनी लातुरनजिकैको देवघरस्थित आफ्नै घरमा उपचाररत थिए। 

पाटिल लातुर लोकसभा क्षेत्रबाट सातपटक सांसद बनेका थिए। शिवराजलाई इन्दिरा गान्धी र राजीव गान्धीको विश्वासपात्र मानिन्थ्यो।

उनी १९८० को दशकमा इन्दिरा र राजीव सरकारमा रक्षामन्त्री बनेका थिए। 

यही सन् २०२५ मार्चको तस्बिर : प्रधानमन्त्री मोदीलाई दिल्लीमा भेट्दै शिवराज। साथमा उनकी बुहारी अर्चना।

सन् १९९१ देखि १९९६ सम्म लोकसभाको १०औँ सभामुख रहेका उनी २००४ देखि २००८ सम्म भारतको गृहमन्त्री बनेका थिए। 

तर २००८ नोभेम्बर २६ मा मुम्बईमा आतंकवादी हमला भएपछि सुरक्षा कमजोरीको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad