थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम सम्झौता भएको छ।
रोयटर्सका अनुसार, दुई देशले युद्धविराममा हस्ताक्षर गरेका छन् र कम्बोडियाको रक्षा मन्त्रालयले सम्झौताको घोषणा गरेको छ।
दुई देशबीच हालै भएका झडपमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
यसअघि गत जुलाईमा दुई देशबीच युद्धविराम भए पनि हालै फेरि द्वन्द्व सुरु भएको थियो।
दुई देशबीच गत मे महिनादेखि भएको युद्धमा हालसम्म ४० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
द्वन्द्व सुरु भएयता दुई देशबीचको व्यापार रोकिएको छ भने यात्रामा पनि प्रतिबन्ध लगाइएको छ।
90
Shares

प्रतिक्रिया