इरानका वरिष्ठ अधिकारी र उनीहरूका परिवार अमरिकामा बसोबास गर्न पाउने विशेषाधिकार खारेज गरिएको छ।
अमेरिकाको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गरी उक्त जानकारी गराएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘इरानका नागरिक आफ्नो आधारभूत अधिकारका लागि संघर्ष गरिरहेका बेला अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले यसै हप्ता अमेरिकामा इरानका वरिष्ठ अधिकारी र उनीहरूका परिवारहरूको बसोबासको विशेषाधिकार खारेज गरेका छन्।’
अमेरिकाको विदेश मन्त्रालयले अगाडि भनेको छ, ‘इरानी सरकारको क्रूर दमनबाट फाइदा लिइरहेकाहरूलाई हाम्रो देशको आप्रवासन प्रणालीबाट लाभ उठाउने कुनै अधिकार छैन।’
यसअघि गत हप्ता अमेरिकाको एटलान्टास्थित एमोरी विश्वविद्यालयले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीकी छोरी फातिमा अर्देसिर लारिजानीलाई निष्कासन गरेको छ।
फातिमा एमोरी विश्वविद्यालयमा क्यान्सर अनुसन्धान विभागमा काम गर्थिन्।
Shares

प्रतिक्रिया