रुसले इरानलाई अमेरिकासँग वार्ता जारी राख्न र स्थायी समाधान खोज्न सुझाव दिएको छ।
रुसका विदेशमन्त्री सर्गेई लाभरोभले सोमबार इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीलाई फोन गरी पहिलो चरणको वार्ता असफल भए पनि अझै प्रयास जारी राख्न सल्लाह दिएका हुन्।
फोन संवादमा अराघचीले अप्रिल ११ मा पाकिस्तानमा भएको इरान-अमेरिका वार्ताबारे लाभरोभलाई जानकारी गराएका थिए।
रुसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, ‘रुसले इरानलाई भनेको छ- वार्ता जारी राख्दै द्वन्द्वको जरै उखेल्ने र मध्यपूर्व क्षेत्रमा दीर्घकालीन स्थिरता कायम गर्ने समाधान खोज्न जरुरी छ। यसमा इरान र आफ्ना छिमेकीहरूको उचित हितलाई ध्यान दिनू।’
यस प्रयासमा रुस मद्दत गर्न सधैँ तयार रहेको रुसका विदेशमन्त्री लाभरोभले बताए।
यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति मसुद पेजेस्कियानलाई फोन गरी अमेरिका-इरान सहमतिका लागि मध्यस्थता गर्न तयार रहेको बताएका थिए।
Shares

प्रतिक्रिया