ग्लोबल


बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

नेपालखबर
बैशाख १, २०८३ मंगलबार १७:२५, काठमाडौँ

भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले मंगलबार पदबाट राजीनामा दिएका छन्।

उनले राज्यपाललाई राजीनामा बुझाइएको बताएका छन्।

राजीनामा दिएपछि नितिश कुमारले एक्समा विज्ञप्ति जारी गर्दै सबैलाई धन्यवाद दिएका छन्।

उनले भनेका छन्, 'बिहारको नयाँ सरकारलाई पूर्ण समर्थन र मार्गदर्शन गर्छु।'

उनले आफ्नो कार्यकाल पनि स्मरण गरेका छन्।

नितिश कुमारले भनेका छन्, 'नोभेम्बर २४, २००५ मा राज्यमा पहिलोपटक एनडीए सरकार गठन भएको थियो। त्यसबेलादेखि राज्यमा कानुनी शासन छ र हामी निरन्तर विकासमा संलग्न छौँ।'

उनले आफ्नो नेतृत्वको सरकारले धर्म, जाति, समुदाय वा वर्गप्रति पूर्वाग्रह नराखी सबै नागरिकको सेवा गरेको दाबी गरेका छन्। 

गत मार्चमा बिहारबाट राज्यसभा सदस्यमा निर्वाचित भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad