ग्लोबल


इरानका विदेशमन्त्री अराघची र रुसका राष्ट्रपति पुटिनबिच भेटवार्ता

इरानका विदेशमन्त्री अराघची र रुसका राष्ट्रपति पुटिनबिच भेटवार्ता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै इरानका विदेशमन्त्री अराघची


नेपालखबर
बैशाख १४, २०८३ सोमबार २०:५८, काठमाडौँ

इरानका विदेशमन्त्री अब्बास अराघचीले सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।

रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार भेटवार्ताका क्रममा ‘पुटिनले अराघचीलाई मध्यपूर्वमा शान्ति ल्याउन रुसले जतिसक्दो चाँडो प्रयास गर्ने’ बताए।  

अराघचीले रुस र इरानबिचको सम्बन्धले ‘रणनीतिक साझेदारी’को प्रतिनिधित्व गर्ने बताए। 

उनले अगाडि भने, ‘आगामी दिनमा अझ बलियो हुँदै जानेछ।’

यो खबर लेखिरहँदा दुई नेताबिचको भेटवार्ता जारी रहेको रुसको सरकारी टेलिभिजनले जनाएको छ। 

इरानी प्रतिनिधिमण्डलमा उपविदेशमन्त्री काजम गरिबाबादी र मस्कोका लागि इरानका राजदूत काजम जलाली पनि छन्।

उता पुटिनका साथमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभ, क्रेमलिनका सहयोगी युरी उसाकोभ र रुसको जीआरयू सैन्य गुप्तचर निकायका प्रमुख इगोर कोस्ट्युकोभ पनि छन्।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले इरान र अमेरिकाबिच  हुने वार्ताका लागि मध्यस्थता गर्न रुस तयार रहेको बताए।

उनले भने, ‘हामी शान्ति सुनिश्चित गर्न र शत्रुता पुन: सुरु हुनबाट रोक्न सम्भव भएसम्म सबै गर्न तयार छौँ।’

पाकिस्तान र ओमानको भ्रमणपछि इरानका विदेशमन्त्री अराघची सोमबार रुस पुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad