ग्लोबल


आङ सान सुकीको सजाय कटौती, हिरासतबाट नजरबन्दमा राखिने

आङ सान सुकीको सजाय कटौती, हिरासतबाट नजरबन्दमा राखिने

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार ८:५१, काठमाडौँ

सैन्य ‘कु’पछि हिरासतमा राखिएकी म्यानमारकी पूर्वनेतृ आङ सान सुकीलाई नजरबन्दमा राखिने भएको छ।

म्यान्माको जुन्ता प्रमुखबाट राष्ट्रपति बनेका मिन आङ ह्लाइङले अपदस्थ नेतृ सुकीको सजाय कटौती गर्दै उनलाई तोकिएको घरमा नजरबन्दमा राख्न बिहीबार आदेश दिएका हुन्।

मिन आङ ह्लाइङको कार्यालयले जारी गरेको वक्तव्यमा ८० वर्षीया सुकीको बाँकी सजाय कटौती गरिएको उल्लेख गरिएको छ।

उनलाई कहाँ सारिनेछ भन्ने तत्काल स्पष्ट भएको छैन। उनको विघटन गरिएको नेसनल लिग फर डेमोक्रेसी पार्टीका एक वरिष्ठ नेताले एएफपीलाई दिएको जानकारीमा नेतृ सुकीलाई राजधानी नेपिडोमा कुनै स्थानमा राखिनेछ।

नाम नबताउने सर्तमा उनले भनेका छन्, 'नेतृ सुकीलाई राख्ने स्थान ठ्याक्कै कहाँ हुनेछ भन्ने हामीलाई थाहा छैन।'

मिन आङ ह्लाइङले सैन्य प्रमुखको रूपमा सुकीविरुद्ध ‘सैन्य विद्रोह’को नेतृत्व गरेका थिए, जसले देशमा पाँच वर्षदेखि गृहयुद्ध भएको छ।

सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी पार्टी पार्टीसहितका विपक्षी दलले बहिष्कार गरेको कडा नियन्त्रित निर्वाचनपछि यसै महिनादेखि ह्लाइङले म्यानमारको निर्वाचित राष्ट्रपतिका रूपमा शपथ खाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad