इरानले अमेरिकासँग युद्ध अन्त्यका लागि आफ्नो पछिल्लो प्रस्ताव पाकिस्तानलाई बुझाएको बताएको छ।
इरानको सरकारी समाचार एजेन्सी आईआरएनए (इस्लामिक रिपब्लिक न्युज एजेन्सी) का अनुसार इरानले अमेरिकासँग वार्ताका लागि बिहीबार साँझ मध्यस्थकर्ता पाकिस्तानलाई आफ्नो प्रस्ताव हस्तान्तरण गरेको हो।
तर आईआरएनएले इरानले राखेका नयाँ प्रस्ताव के-के हुन् भन्ने विषयमा केही उल्लेख गरेको छैन।
यसैबिच इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले एक टेलिभिजन अन्तर्वार्तामा युद्ध अन्त्य र दिगो शान्ति स्थापना आफूहरूको प्रमुख प्राथमिकता रहेको बताएका छन्।
यसअघि उनले इरान र अमेरिकाबिचको वार्तामा पाकिस्तान नै आधिकारिक मध्यस्थकर्ता भएको बताएका थिए।
उनले जोड दिँदै भनेका छन्, ‘मध्यस्थकर्ताको भूमिका खेल्न अरू पनि धेरै देश इच्छुक छन्, तर आधिकारिक मध्यस्थकर्ता पाकिस्तान हो।’
गत अप्रिल ७ मा युद्धविराम गरेपछि इरान र अमेरिकाबिच अप्रिल ११ मा पाकिस्तानको मध्यस्थताामा उसको राजधानी इस्लामाबादमा वार्ता भएको थियो। तर त्यो वार्ता कुनै सम्झौता नभई समाप्त भयो।
Shares

प्रतिक्रिया