अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानले पठाएको नयाँ प्रस्तावको समीक्षा गरिने बताएका छन्।
अमेरिका र इरानबिच ३ हप्तादेखि युद्धविराम छ। यसबिच इरानले गत बिहीबार वार्ताका लागि मध्यस्थकर्ता पाकिस्तानसमक्ष नयाँ प्रस्ताव पठाएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘म चाँडै इरानले हामीलाई पठाएको योजनाको समीक्षा गर्नेछु।’
साथै उनले अगाडि लेखेका छन्, ‘तर मलाई लाग्दैन- त्यो स्वीकार्य हुनेछ, किनभने बितेका ४७ वर्षमा उसले मानवता र विश्वविरुद्ध जे गरेको छ, त्यसको ठुलो मूल्य अहिलेसम्म चुकाएको छैन।’
यसअघि ट्रम्पले शुक्रबार विज्ञप्ति जारी गरी इरानले पठाएको प्रस्तावप्रति आफू सहमत हुन नसकेको बताएका थिए।
33
Shares

प्रतिक्रिया