ग्लोबल


भारतका पाँच राज्यको चुनाव: पश्चिम बंगालमा पहिलोपटक भाजपा सत्तामा, अन्यमा पनि सरकार परिवर्तन

भारतका पाँच राज्यको चुनाव: पश्चिम बंगालमा पहिलोपटक भाजपा सत्तामा, अन्यमा पनि सरकार परिवर्तन

पश्चिम बंगालमा पार्टीले जितेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार साँझ भाजपाको मुख्यालयमा बंगाली धोती-कुर्ता लगाएर कार्यकर्तालाई सम्बोधन गरेका थिए।


नेपालखबर
बैशाख २२, २०८३ मंगलबार ७:२९, काठमाडौँ

भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा सोमबार घोषणा भइसकेको छ।

जसअनुसार पश्चिम बंगाल, तमिलनाडु र केरलामा सरकार परिवर्तन भएका छन् भने आसाम र पुडुचेरीमा एनडीए सत्तामा फर्किएको छ।

पश्चिम बंगालमा भाजपा पहिलोपटक तृणमूल कंग्रेसलाई हराउँदै सत्तामा आएको छ। दश वर्षमा भाजपा ३ सिटबाट एकैचोटि २०६ सिटमा उक्लिएको छ।

तमिलनाडुमा अभिनेता थलापति विजयको पार्टी टीभीकेले सबैभन्दा धेरै सिट जितेर सबैलाई चकित पारेको छ। ५९ वर्षमा पहिलोपटक, राज्यमा डीएमके वा एआईएडीएमकेबिना सरकार गठन हुने भएको छ। 

चुनावमा दुई मुख्यमन्त्री ममता बनर्जी (पश्चिम बंगाल) र एमके स्टालिन (तमिलनाडु) ले चुनाव हारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad