इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले जहिले कूटनीतिक समाधान अगाडि बढ्दै गर्दा खतरनाक सैन्य कारबाहीको सहारा लिने गरेको आरोप लगाएका छन्।
उनले एक्स पोस्टमार्फत त्यस्तो प्रवृत्तिले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि नयाँ दलदलमा धकेलिरहेको त छैन भनी प्रश्न गरेका छन्।
इरानका विदेशमन्त्री अराघची अगाडि लेख्छन्, ‘कारण जेसुकै होस्, परिणाम सधैँ एउटै हुन्छ: इरानीहरू कहिल्यै दबाबसामु झुक्दैनन्।’
उनले इरानको क्षेप्यास्त्र भण्डारबारे अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) को अनुमानलाई पनि गलत भन्दै खारेज गरेका छन्।
उनले भनेका छन्, ‘हाम्रो क्षेप्यास्त्र भण्डार र लन्चरहरूको क्षमता फेब्रुअरी २८ को तुलनामा ७५ प्रतिशत छैन; सही आँकडा १२० प्रतिशत हो।’
बिहीबार राति होर्मुज जलमार्गमा अमेरिका र इरानबिच भएको झडपपछि इरानका विदेशमन्त्रीबाट उक्त टिप्पणी आएको हो।
अमेरिकाले भने होर्मुज स्ट्रेटमा पहिले इरानले अमेरिकी जहाजमा आक्रमण गरेपछि अमेरिकी सेनाले जवाफ फर्काउनुपरेको दाबी गरेको छ।
यद्यपि अमेरिकाका राष्ट्रपति ट्रम्पले गोलाबारीका बाबजुद अमेरिका र इरानबिचको युद्धविराम कायमै रहेको दाबी गरेका छन्।
Shares

प्रतिक्रिया