ग्लोबल


बेलायतका प्रधानमन्त्री स्टार्मरलाई राजीनामा दिन दबाब, तीन मन्त्रीले छाडे सरकार

बेलायतका प्रधानमन्त्री स्टार्मरलाई राजीनामा दिन दबाब, तीन मन्त्रीले छाडे सरकार

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार ५:४७, काठमाडौँ

बेलायतको किअर स्टार्मर सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन्।

पछिल्लोपटक मन्त्री एलेक्स डेभिस-जोन्सले राजीनामा दिएका हुन्।

उनले सामाजिक सञ्जालमा आफ्नो राजीनामा पत्र सार्वजनिक गर्दै प्रधानमन्त्रीलाई 'देशको सर्वोत्तम हितमा काम गर्न र उनको प्रस्थानका लागि समय तालिका तय गर्न' आग्रह गरेका छन्।

यसअघि स्टार्मर सरकारमा रहेका मन्त्री जेस फिलिप्स र मियाट्टा फानबुलेहले पनि राजीनामा दिएका थिए।

१०० भन्दा बढी लेबर सांसदले प्रधानमन्त्री किअर स्टार्मरलाई समर्थन गर्ने विज्ञप्तिमा हस्ताक्षर गरेको बताइएको छ।

विज्ञप्तिमा भनिएको छ, 'गत हप्ता हामीले अत्यन्तै निराशाजनक चुनावी नतिजा प्राप्त गरेका छौँ। यसले देखाउँछ- हामीलाई मतदाताहरूको विश्वास पुन: प्राप्त गर्न कठिन भइरहेको छ।'

'यो काम आजबाट सुरु हुनुपर्छ - देशलाई आवश्यक परिवर्तन ल्याउन हामी सबै मिलेर काम गर्नुपर्छ। यो विज्ञप्तिले लेबर सांसदहरूलाई ध्यान दिन आग्रह गर्दछ। यो नेतृत्व प्रतिस्पर्धाको समय होइन।'

यसैबिच स्टार्मरलाई राजीनामा दिन वा राजीनामाका लागि समय सीमा तोक्न आह्वान गर्ने लेबर सांसदहरूको कुल संख्या ८६ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad