ग्लोबल


अमेरिकामा १७७ जना बोकेर उडिरहेको विमानबाट जब एक भाग भाँचिएर अलग भयो (भिडिओ)

अमेरिकामा १७७ जना बोकेर उडिरहेको विमानबाट जब एक भाग भाँचिएर अलग भयो (भिडिओ)

नेपालखबर
पुस २१, २०८० शनिबार १२:१९, काठमाडौँ

अमेरिकाको पोर्टल्यान्ड (ओरेगन) बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना भएको छ। 

बीबीसीका अनुसार हावाको दबाबमा उडानकाे एक भाग विमानबाट भाँचियो र अलग भयो तर, विमान सुरक्षित अवतरण भएको छ।

स्थानीय समयानुसार शुक्रबार साँझ उक्त दुर्घटना भएको हो ।

अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार उक्त विमान पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको बताइएको छ।

अलास्का एयरलाइन्सले विज्ञप्ति जारी गरेर भनेको छ, ‘पोर्टल्यान्ड, ओरेगनबाट क्यालिफोर्नियाको ओन्टारियोका लागि अलास्का एयरलाइन्सको फ्लाइट १२८२ शुक्रबार साँझ टेकअफ भएको केही समयपछि एउटा घटना भयो। विमानमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए।’ 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रा यात्रु र कर्मचारीको सुरक्षा सधैँ हाम्रो प्राथमिकता हो। तथापि, यस प्रकारको घटना दुर्लभ हो। हाम्रो टोलीलाई त्यस्ता परिस्थिति ह्यान्डल गर्न तालिम दिइएको छ। घटना कसरी भयो भन्ने विषयमा  अनुसन्धान गरिरहेका छौँ, थप जानकारी आएपछि सार्वजनिक गर्नेछौँ।’ 

उक्त विमान निर्माण गर्ने बोइङ एयरलाइन्सले पनि विज्ञप्ति जारी गरी आफूहरू यस दुर्घटनाप्रति सचेत रहेको र आफ्ना ग्राहकबाट थप जानकारी संकलन गरिरहेको जनाएको छ।

मानिसहरूले उक्त विमानका तस्बिर र भिडिओ सोसल मिडियामा सेयर गरेका छन्।

हेर्नुहोस्-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .