ad ad

ग्लोबल


अमेरिकामा पत्नी हत्यापछि फरार भारतीय मूलका भद्रेशबारे सूचना दिनेलाई २५ हजार डलर पुरस्कार

अमेरिकामा पत्नी हत्यापछि फरार भारतीय मूलका भद्रेशबारे सूचना दिनेलाई २५ हजार डलर पुरस्कार

फाइल फाेटाे : भद्रेश पटेल र उनकी पत्नी पलक


नेपालखबर
बैशाख १, २०८१ शनिबार १०:२५, काठमाडौँ

संयुक्त राज्य अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले भारतीय मूलका भद्रेश पटेललाई पक्राउ गर्न सहयोग गर्नेलाई २५ हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।

एफबीआईले सार्वजनिक गरेको भिडिओमा भद्रेश पटेललाई आफ्नी श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ।

फाइल तस्बिर : पत्नीका साथमा भद्रेश

बीबीसी हिन्दीले दिएको खबरअनुसार एफबीआईले सन् २०१७ देखि भद्रेश कुमारको खोजी गरिरहेको छ र उनलाई ‘मोस्ट वान्टेड’को सूचीमा राखेको छ।

एफबीआईले जारी गरेको भिडिओ अनुसार अप्रिल २०१५ मा भद्रेश पटेल र उनकी श्रीमती पलकले डन्किन डोनट्समा नाइट सिफ्ट गरेका थिए।

त्यस क्रममा पटेलले आफ्नी श्रीमती पलकको हत्या गरेको आरोप छ।

उक्त घटनापछि भद्रेश कुमार फरार छन् र एफबीआई उनको खोजीमा जुटेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .