भारतीय प्रान्त गुजरातको बडोदरास्थित महिसागर नदीको पुल भाँचिँदा मृत्यु भएकाको संख्या ९ पुगेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बडोदरा र आनन्द जोड्ने गम्भीरा पुल सवारीसाधनहरू गुडिरहेका बेला बुधबार बिहान अचानक भत्किएर खसेको हो।
त्यस क्रममा पुलसँगै दुई ट्रक, दुई कार र एउटा रिक्सा नदीमा खसेका हुन्।
भाँचिएको पुलको भिडिओ फुटेज:
— Amit Chavda (@AmitChavdaINC) July 9, 2025આણંદ અને વડોદરા જિલ્લાને જોડતો મુખ્ય ગંભીરા બ્રીજ તૂટી પડ્યો છે.અનેક વાહનો નદીમાં પડતા મોટી જાનહાનિ થઈ હોવાની શક્યતા છે. સરકારી તંત્ર તાત્કાલિક બચાવ કામગીરી હાથ ધરે અને ટ્રાફિક માટે વૈકલ્પિક વ્યવસ્થા કરવામાં આવે.@CMOGuj @dgpgujarat @Bhupendrapbjp @sanghaviharsh @CollectorAnd pic.twitter.com/Xn1vIB9QEs
दुर्घटनामा अहिलेसम्म ९ जनाको मृत्यु पुष्टि भएको छ भने ८ जनालाई स्थानीयले उद्धार गरेका छन्।
यो ४५ वर्ष पुरानो पुलले मध्य गुजरातलाई सौराष्ट्रसँग जोडेको थियो।
पुल भत्किएपछि दक्षिण गुजरातका भरुच, सुरत, नवसारी, तापी र वलसाडजस्ता सहरबाट सौराष्ट्र पुग्न बढी समय लाग्ने भएको छ।
अब यसका लागि अहमदाबाद हुँदै लामो बाटो जानुपर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया