ग्लोबल


आज रिहा होलान् त विपिनलगायत बन्धक?

आज रिहा होलान् त विपिनलगायत बन्धक?

बन्धकका परिवारहरूसँग इजरायलका राष्ट्रपति इसाक हर्जोग


नेपालखबर
असोज २७, २०८२ सोमबार ६:१५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि हमासले सबै इजरायली बन्धक रिहा गर्ने तयारी गरेको छ।

तर रिहाइको सही समय स्पष्ट भइसकेको छैन।

बन्धकमा नेपालका विपिन जोशी पनि छन्। यद्यपि उनको वर्तमान अवस्थाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विभिन्न थरीका रिपोर्ट दिइरहेका छन्। कुनैले उनको अवस्था अज्ञात भनेको छ त कुनैले उनलाई जीवित बन्धकको सूचीमा राखेको छ। 

समयसीमा के हो?

हमासले बन्धकहरू रिहा गर्न स्थानीय समयअनुसार आज (सोमबार) दिउँसो १२ बजे (नेपाली समय दिउँसो २:४५) सम्मको समय दिएको छ।

इजरायलले के भन्यो?

इजरायली सरकारका प्रवक्ता शोश बेद्रोसियानले स्थानीय समय सोमबार बिहान सबै २० जीवित बन्धक रेडक्रसलाई हस्तान्तरण गर्ने अपेक्षा गरिएको बताएका छन्।त्यसपछि उनीहरूलाई इजरायल ल्याइनेछ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल बन्धकहरूलाई लिन तयार रहेको बताएका छन्।

गाजाबाट के जानकारी प्राप्त भएको छ?

गाजाको हमास-नियन्त्रित नागरिक रक्षाले जीवित इजरायली बन्धकहरूको गणना पूरा गरिसकेको र उनीहरूलाई रिहाइ गर्नुअघि विभिन्न स्थानमा तितरबितर पारिएको छ।

स्रोतहरूले बीबीसीलाई बताएअनुसार हमासले अझै पनि मारवान बरघौती र अहमद सदातलगायत सात उच्च-प्रोफाइल बन्दीहरूको रिहाइको माग गरिरहेको छ।

ती सातमध्ये दुई जना पनि रिहा भए भने बाँकी रहेका सबै बन्धकहरूलाई आज रिहा गरिनेछ।

अमेरिका के भनिरहेको छ?

अमेरिकाक ाउपराष्ट्रपति जेडी भान्सले एनबीसीको 'मिट द प्रेस'मा भनेका छन्, 'बन्धकहरूलाई जुनसुकै बेला रिहा गर्न सकिन्छ।'

उनले थपे, 'राष्ट्रपति ट्रम्पले सोमबार इजरायल आइपुगेपछि रिहा गरिएका बन्धकहरूसँग भेट्नुहुनेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad