भारतस्थित आन्ध्र प्रदेशको कुर्नुलको चिन्नाटेकुरनजिकै शुक्रबार बिहान मोटरसाइकलमा ठोकिएर बसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार दुर्घटनामा २० जना यात्रु जिउँदै जलेको उल्लेख गरेको छ।
कुर्नुल कलेक्टरका अनुसार घटना शुक्रबार बिहान ३:३० बजेतिर भएको हो। अहिलेसम्म ११ जनाको शव पहिचान भइसकेको छ भने ९ जनाको परिचय खुल्न बाँकी छ।
हैदराबादबाट बैंगलोर जाँदै गरेको बस एनएच-४४ मा एउटा बाइकसँग ठोकियो र आगो लाग्यो। बसमुनि रहेको इन्धन ट्याङ्कीमा ठक्कर लाग्दा आगो लागेको बताइएको छ। ठोक्कियो। दुर्घटनामा बाइक चालक शिवशंकरको पनि मृत्यु भएको छ।बसमा लगभग ४० यात्रु थिए। १९ जनाले हाम फालेर ज्यान जोगाएको जनाइएको छ।
63
Shares

प्रतिक्रिया