ग्लोबल


बेंगलुरु: सम्बन्ध राख्न नमान्दा ३४ वर्षीया सफ्टवेयर इन्जिनियरको हत्या, १८ वर्षीय युवक पक्राउ

बेंगलुरु: सम्बन्ध राख्न नमान्दा ३४ वर्षीया सफ्टवेयर इन्जिनियरको हत्या, १८ वर्षीय युवक पक्राउ

पक्राउ परेका युवक र हत्या गरिएकी महिला


नेपालखबर
पुस २९, २०८२ मंगलबार ५:५६, काठमाडौँ

भारतको कर्नाटक राज्यस्थित बेंगलुरुमा जनवरी ३ मा शारीरिक सम्बन्ध राख्न नमान्दा महिला सफ्टवेयर इन्जिनियरको हत्या गरिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार बेंगलुरुमा सफ्टवेयर इन्जिनियर ३४ शर्मिला डीकेको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले आइतबार १८ वर्षीय कर्नल कुरईलाई पक्राउ गरेको छ। 

सोधपुछका क्रममा उनले हत्या गरेको स्वीकार गरेका छन्।

प्रहरीले जनवरी ३ मा राति १०:३० बजेतिर राममूर्ति नगरको सुब्रमण्य लेआउटमा रहेको भाडाको अपार्टमेन्टमा आगो लागेको जानकारी पाएको थियो।

दमकलले आगो निभाएपछि शर्मिलाको शव शयनकक्षमा फेला परेको थियो। उनी नोभेम्बर १४ देखि असममा थिइन्। प्रहरीले शर्मिलाको छिमेकी कर्नल कुरईलाई शंका गरेको थियो।

प्रहरी अनुसन्धानबाट कुरई जनवरी ३ राति ९ बजेतिर झ्यालबाट शर्मिलाको फ्ल्याटमा प्रवेश गरेको खुलेको छ।

उनी शर्मिलासँग यौनसम्पर्क गर्न चाहन्थे तर शर्मिला चिच्याउन थालिन्। त्यसपछि युवकले शर्मिलाको मुख थुन्दिए।

केही समयपछि उनी बेहोस भइन्। अनि कुरईले कोठामा आगो लगाइदिए र शर्मिलाको मोबाइल फोन लिएर भागे।

पोस्टमार्टम रिपोर्ट अनुसार शर्मिलाको मृत्यु निसासिएर भएको प्रहरीले जनाएको छ। 

युवकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad