दिल्ली प्रहरीले नाङ्गलोई क्षेत्रमा एक निजी स्लिपर बसभित्र एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पुरुषलाई पक्राउ गरेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार, प्रहरी अधिकारीहरूले बिहीबार यो जानकारी दिएका हुन्।

घटना मे १२ मा भएको हो। पक्राउ परेका व्यक्तिहरू बस चालक र कन्डक्टर हुन्।
महिलाको उजुरीका आधारमा प्रहरीले एफआईआर दर्ता गरी घटनाको अनुसन्धान थालेको छ।
थप अनुसन्धानका लागि प्रहरीले बस पनि जफत गरेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार, दिल्ली प्रहरीले भनेको छ, ‘मे १२ मा रानी बागको पीएसमा भएको सामूहिक बलात्कार घटनामा भारतीय दण्डको धारा ६४(१)/७०(१)/३(५) अन्तर्गत एफआईआर दर्ता गरिएको छ। अभियुक्तहरूलाई पक्राउ गरिएको छ। थप अनुसन्धान भइरहेको छ।’
420
Shares

प्रतिक्रिया