वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार एक नेपाली यूएईबाट पक्राउ परेका छन्।
पाँचथर मिक्लाजुङ गाउँपालिका-५ घर भएका ३६ वर्षीय सुवास लावती पक्राउ परेका हुन् । एनसीबी आबुधाबी यूएईको समन्वयमा उनलाई पक्राउ गरिएको हो।
उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ।
उनले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन पीडितलाई विभिन्न मितिमा ११ लाख ६१ हजार रूपैयाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएका थिए।
उनीविरुद्ध नेपाल प्रहरीले ठगी मुद्दा चलाए पनि फरार रहेका थिए। लावतीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २६ गते रेड नोटिस जारी भएको थियो।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।
Shares

प्रतिक्रिया