रास्वपाका सांसद गणेश पराजुलीले वैशाख २९ गते संसद्मा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ।
बिहीबारको संसद् बैठकमा सभामुख डोलप्रसाद अर्यालले पराजुलीको भनाई असंसदीय रहेको भन्दै त्यसलाई रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।
पराजुलीले बोलेको ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो’ भन्ने शब्द सभाको अभिलेखबाट हटाउन अर्यालले निर्देशन दिए।
पराजुलीले दिएको अभिव्यक्ति हटाउन एमाले सांसद ऐन महरले माग गरेका थिए ।
66
Shares

प्रतिक्रिया