राजनीति


सुनसरी घटनाबारे रवि- जरोसम्म पुगेर दोषीमाथि कारबाही होस्

सुनसरी घटनाबारे रवि- जरोसम्म पुगेर दोषीमाथि कारबाही होस्

नेपालखबर
साउन १२, २०८३ मंगलबार १७:२३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सुनसरी घटनाका दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै उनले दोषीमाथि कारबाही गर्दै पीडित पक्षलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

उनले यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतीकरण नगर्न सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरुसँग आग्रह पनि गरेका छन्। 

‘राष्ट्रिय स्वतन्त्र पार्टी शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा सदैव अडिग छ। परिस्थितिलाई सामान्य बनाउन र आपसी संवादमार्फत् समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीको तर्फबाट आवश्यक हरेक सकारात्मक भूमिका निर्वाह गर्न हामी निरन्तर छलफलमा रहेका छौँ,’ विज्ञप्तिमा उल्लेख छ।

रविले रास्वपाका स्थानीय समिति सदस्यहरूलगायतलाई शान्ति र सदभाव कायम राख्नका लागि सहयोगी भूमिका खेल्न पनि निर्देशन दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad