कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मंगलबहादुर शाही नियुक्त भएका छन्।
प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार शाहीलाई मुख्यमन्त्री पदमा नियक्त गरेका हुन्।
शाहीले आजै नेकपा (एमाले)को समर्थनमा दाबी पेस गरेका थिए।
एमाले र नेकपाबीच भएको सहमतिमा कर्णाली सरकारको नेतृत्व नेकपाले गर्ने उल्लेख छ। त्यही सहमतिअनुसार, नेकपा संसदीय दलका नेताले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
कर्णालीको ४० सदस्यीय प्रदेशमा नेकपाका १३ र एमालेका १० सांसद छन्। सरकार बनाउनका लागि २१ सांसद भए पुग्छ।
त्यस्तै, प्रदेश सभामा नेपाली कांग्रेसका १५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एक जना र एक जना स्वतन्त्र सांसद छन्।
यसअघि कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री बनेका थिए। कांग्रेसले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिएका थिए।

Shares

प्रतिक्रिया