प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई भारतले भ्रमणका लागि निम्त्याएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निम्त्याएको बताएका छन्। भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तरमा प्रवक्ता जैसवालले नेपालका प्रधानमन्त्रीलाई निम्ता पठाइएको बताएका हुन्।
जैसवाललाई नेपालबाट विशेष दूतले भारतको भ्रमण गरेको विषयमा पनि प्रश्न सोधिएको थियो। त्यसबारे आफूलाई सूचना नभएको उनले बताएका छन्।
भारतले नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा पठाएको छ कि छैन भन्ने प्रश्नमा जैसवालले भने, ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता पठाइएको छ।’
741
Shares

प्रतिक्रिया