कारोबार


अस्पतालहरूले अझै उठाउँदै छन् सरकारले पूरै छुट दिएको ‘समता शुल्क’

अस्पतालहरूले अझै उठाउँदै छन् सरकारले पूरै छुट दिएको ‘समता शुल्क’

नेपालखबर
साउन १२, २०८३ मंगलबार १७:५०, काठमाडौँ

सरकारले शिक्षा र स्वास्थ्यमा लाग्ने समता शुल्कमा पूर्ण छुट दिए पनि अस्पतालहरूले सर्वसाधारणहरूसँग अझै असुलिरहेको पाइएको छ। 

व्यापक विरोध भएपछि मन्त्रिपरिषद्ले नै समता शुल्कमा पूरै छुटको निर्णय गरेको थियो। तर केही अस्पतालहरूले भने सोही शीर्षकमा रकम उठाइरहेका छन्।

भक्तपुरस्थित सिद्धि स्मृति तथा बाल अस्पतालले अझै पनि बिरामीबाट समता शुल्कबापत रकम उठाइरहेको छ। 

साउन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रुपमा छुट दिने निर्णय गरेको थियो। 

आर्थिक वर्ष २०८३÷८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो। तर उक्त शुल्कको विषयमा व्यापक आलोचना भएपछि सरकार पछि हटेको थियो। 

साउन ६ गते मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले भनेका थिए, ‘आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रुपमा छुट दिने निर्णय भएको छ।’ 

मन्त्रिपरिषद्बाट निर्णय हुनुअघि नै साउन ५ गते प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत समता शुल्क लागू नगर्ने घोषणा गरेका थिए।

सरकारको निर्णयका बाबजुद अस्पतालहरूले अटेरी गर्दै उक्त शीर्षकमा शुल्क असुल गरिरहेका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad