ग्लोबल


कंगोमा इबोला भाइरसले कम्तीमा १३१ जनाको मृत्यु, डब्ल्यूएचओको चेतावनी

कंगोमा इबोला भाइरसले कम्तीमा १३१ जनाको मृत्यु, डब्ल्यूएचओको चेतावनी

नेपालखबर
जेठ ५, २०८३ मंगलबार २१:३७, काठमाडौँ

इबोला भाइरसको संक्रमणले कंगोमा कम्तीमा १३१ जनाको मृत्यु भएको छ।

यसैबिच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक प्रतिनिधिले इबोला भाइरस रोग अनुमानभन्दा छिटो फैलिरहेको हुन सक्ने चेतावनी दिएका छन्।

डा. एन एन्सियालले बीबीसीसँग भनेकी छन्, 'जति धेरै परीक्षण गर्‍यो, त्यति नै धेरै केस अन्य क्षेत्रमा फैलिएको स्पष्ट हुँदै गयो।'

अधिकारीहरूका अनुसार कंगोमन मंगलबारसम्म डीआर कंगोमा इबोला संक्रमणको शंकास्पद बिरामीको संख्या ५१३ पुगेको छ।छिमेकी देश युगान्डामा समेत यो संक्रमणले एक व्यक्तिको मृत्यु भएको छ।

डब्ल्यूएचओले गत हप्ता यस प्रकोपलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad