ad ad

कर्णाली


रुकुम पश्चिममा ३१ गतेदेखि हराएका बालकको शव मकैबारीमा फेला

रुकुम पश्चिममा ३१ गतेदेखि हराएका बालकको शव मकैबारीमा फेला

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०७९ मंगलबार १४:२६, काठमाडौँ

रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा फेला परेको छ।

आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको अनुसार उक्त बालकको शव गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको रहेको छ। 

वियजको शव घर नजिकैको मकै बारीमा फेला परेको हो। विजयकी आमा मकै बारीमा गएका बेला शव देखेकी थिइन्। बालकको शव बायाँ खुट्टा छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको छ। स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक राजीव श्रेष्ठले हाल बालकको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाईएको नेपालखबरलाई जानकरी दिए।  निरीक्षक श्रेष्ठकाअनुसार पोस्टमार्टमको रिपोर्ट आइनसेको र घटनाका विषयमा प्रहरीले थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .