कर्णाली


वीरेन्द्रनगरको डुबान क्षेत्रमा एमाले नेता यामलाल कँडेल

वीरेन्द्रनगरको डुबान क्षेत्रमा एमाले नेता यामलाल कँडेल

नेपालखबर
असोज २१, २०७९ शुक्रबार ११:५९, सुर्खेत

बुधबारदेखि परेको अविरल वर्षका कारण वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र डुबानमा परेको छ। पानी निकास हुने ठाउँमा पानीबको बहाव बढ्दै गएपछि उक्त क्षेत्र डुबानमा परेको हो।

वर्षाले जलमग्न गरेको वीरेन्द्रनगर उपत्यकाको दक्षिणतर्फको तल्लो क्षेत्रको एमाले नेता यामलाल कँडेल पुगेर अवलोकनसँगै कार्यकर्तालाई उद्धारमा जुटन निर्देशन दिएका छन्।

उनले वर्षा निरन्तर बढदै गएको भन्दै उक्त क्षेत्रमा बसोबास गर्ने नगरिकहरुको उद्धार कार्यमा खट्न नेता कार्यकर्तालाई निर्देशन समेत दिएका हुन्।

साथै, वर्षात निरन्तर जारी भएका कारण जनधनको क्षेति हुनसक्ने भएका कारण यहाँ वसोवास गर्ने नागरिकको उद्धारका लागि तम्तयार रहन आग्रह गरेका छन्। 

लगातारको वर्षाले अहिले वीरेन्द्रनगरको उत्तरी क्षेत्रबाट उपत्यका भएर बग्ने ईत्राम, खोर्के, पिपिरा, ढोडेखाली लगायतका साना खोलाहरुमा बाढीको सतह बढेसँगै वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र जलमग्न भएको छ। 

वीरेन्द्रनगरका उत्तरी जलाधारबाटर उपत्यका भएर बग्ने खोलाको अन्तिम निकास समेत ९ नम्बर वडा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad