ad ad

कर्णाली


सुर्खेतको पञ्चपुरीका लेखा अधिकृतसहित तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेतको पञ्चपुरीका लेखा अधिकृतसहित तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
माघ ११, २०७९ बुधबार १८:५९, सुर्खेत

सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढासहित अन्य दुईजना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले उनीहरु विरुद्ध भ्रष्टाचारको कसूर गरेको ठहर गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले एक जना होटल सञ्चालकमाथि समेत मुद्दा दायर गरेको छ।

लेखा अधिकृत बुढाविरुद्ध ०७८ माघ महिनादेखि २०७९ जेठ मसान्तसम्म विभिन्न खर्च शीर्षकबाट खर्च लेखि विभिन्न होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरिएको भन्दै उजुरी परेको थियो।

लेखा अधिकृत बुढाले होटल सञ्चालकसँग खाली बिल लिई प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर समेत किर्ते गरी दुई लाख ६२ हजार ५०२ रुपैयाँ भुक्तानी दिएको अख्तियारले जनाएको छ। 

अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले ‘न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल राम्जाली, नगरपालिकाका अधिकृत (छैठौं) लालबहादुर सुवेदी, शिक्षा शाखा अधिकृत तुलसी केसीले लेखा अधिकृतलाई किर्ते बिल बनाउन सहयोग गरेको बताएका छन्। 

भण्डारीका अनुसार उनीहरु विरुद्ध दुई लाख ६२ हजार ५०२ रुपैयाँ विगो दाबीसहित जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .