कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका समस्या समाधानको बहस निरन्तर गर्न जरुरी रहेको बताए छन्।
शर्माले शुक्रबार सुर्खेतको बुलबुलेमा आयोजित कर्णाली उत्सव ‘कुडा कर्णालीको’ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
‘कर्णालीका समस्या साधानको बहस निरन्तर गर्न जरुरी छ’ शर्माले भने, ‘ नीति निर्माण र कार्यान्वयनमा अपनत्वलाई अगाडि बढाउन जरुरी छ।’
साथै शर्माले कर्णाली बहसले समृद्ध कर्णाली निर्माणमा महत्वपूर्ण सहयोग गर्ने अपेक्षा आफूले लिएको बताए।
यस्तै, शर्माले समाजवाद कुन चरीको नाम हो भन्दै प्रश्न गरेका छन्। उनले त्यो समाजवादको चरीलाई समातेर अघि बढ्नुपर्ने अहिलेको आवाश्यक रहेको बताए।
उत्सवमा बोल्दै शर्माले समृद्ध कर्णाली निमार्णको लागि शिक्षा, स्वास्थ्य, रोजगार त्यसका लागि पूर्वाधार आवाश्यक रहेको बताए।
Shares

प्रतिक्रिया