नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको निर्वाचन समय लम्बिएको छ। शनिबार दिउँसो १२ बजेका लागि तय भएको मतदान कार्यक्रम भोलि (आइतबार) बिहान ८ बजेसम्मका लागि सरेको छ।
शनिबार बिहानै अन्तिम नामावली सार्वजनिक गरेर मतदान सुरु गर्ने बताइएको थियो। यद्यपि शनिबार मतदान हुन सकेन।
मतदानका लागि कुनै तयारी नभएपनि उम्मेदवारहरू प्रतिनिधिसँग भोट माग्दै हिँडेका छन्।
एमाले कर्णाली प्रदेश कमिटी १३० सदस्यीय बन्ने छ। जसमा पदाधिकारी पाँच जना, अन्य सदस्यहरू १२५ जना निर्वाचित हुनेछन्।
अध्यक्षका लागि कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालिकोछका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुनेछ।
कर्णाली एमालेको नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको भएपनि शनिबार राजबहादुर शाही र प्रेमबहादुर सिंहले फिर्ता गरेका थिए।
Shares
प्रतिक्रिया