कर्णाली


जाजरकोट पुग्यो राप्रपाको टिम, नेपालगन्जमा रगत संकलन गर्दै

जाजरकोट पुग्यो राप्रपाको टिम, नेपालगन्जमा रगत संकलन गर्दै

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १८:४०, काठमाडौँ

गएराति पश्चिम नेपालको जाजरकोटमा आएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धार तथा पीडितलाई आवश्कय सहयोगका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेताहरू त्यहाँ पुगेका छन्। 

राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटा लगायतको टोली अहिले नेपालगन्जमा खटिएको छ। 

भूकम्पमा परी घाइते भएकाहरूको उपचारमा रगतको कमी हुन नदिन उनीहरू संगठित रुपमा परिचालित भएका हुन्।

राप्रपा उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक मुकुन्दश्याम गिरी, केन्द्रीय सदस्य जनकसिंह ठकुरिको टोली त्रिपाल,खाद्यान्न, लत्ताकपडा र अन्य सामाग्रीसहित जाजरकोट गएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

त्यस्तै, सुदुरपश्चिमका सबै कार्यक्रम स्थगित गरी अछामबाट प्रवक्ता ज्ञानेन्द्र शाहीको टोली पनि जाजरकोटतर्फ गएको छ।

शाही स्वयंसेवक टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकको टोली लिएर आजै जाजरकोट पुग्ने कार्यक्रम छ।

राप्रपाले भूकम्प प्रभावित क्षेत्रमा पुगी उद्धार कार्यमा संलग्न हुन, राहत र पुनस्स्थापनामा जुट्न पार्टीको सबै निकायमा सर्कुलर पनि गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .