ad ad

कर्णाली


रुकुमपश्चिममा ८० हजारबढी नागरिक भूकम्पबाट प्रभावित, कुन पालिकामा कति?

रुकुमपश्चिममा ८० हजारबढी नागरिक भूकम्पबाट प्रभावित, कुन पालिकामा कति?

दिनेश बुढा
कात्तिक २२, २०८० बुधबार २१:५०, सुर्खेत

भूकम्पबाट रुकुमपश्चिम जिल्लाका तीन पालिकामा गरी ८० हजार ७२१ नागरिक प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिका अनुसार ६ वटा पालिका रहेको यस जिल्लामा हालसम्म तीन वटा पालिकाको मात्रै प्रभावित जनसंख्याको विवरण संकलन गरिएको छ।

हालसम्म जौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी नगरपालिकाको मात्रै विवरण संकलन गरिएको हो। यी तीन पालिका मध्ये सबै भन्दा बढी आठबीसकोटमा ४४ हजार तीन सय ६७ नागरिक भूकम्पबाट प्रभावित भएका छन्।

यस्तै, चौरजहारीमा ३४ हजार १४० र सानीभेरी गाउँपालिकामा २२ हजार १९४ जना नागरिक प्रभावित भएका जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार अन्य तीन वटा स्थानीय तह मुसिकोट नगरपालिका, त्रिवेणी र बाँफिकोट गाउँपालिकामा भूकम्पबाट प्रभावित तथा विस्थापित नागरिकहरुको विवरण संकलनका लागि टोली खटिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी बढुवालका अनुसार पुनः कार्तिक २० गते साँझ गएको भूकम्पका कारण भएको क्षतिको विवरण हालसम्म नभएको र विवरण संकलन कार्य जारी रहेको छ।

७ हजार घरमा क्षति
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट रुकुमपश्चिमका चार हजार २३६ घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन् भने दुई हजार ७९२ घरहरूमा आशिंक क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिका अनुसार आठबीसकोट नगरपालिकामा एक हजार ५० घर पूर्णरुपमा र एक हजार ५१० घरमा आशिंक क्षति भएको छ।

यस्तै, मुसिकोट नगरपालिकामा ३४ घरहरू पूर्ण क्षति र ७५ आशिंक, सानीभेरी गाउँपालिका दुई हजार ९८० घरहरू पूर्ण क्षति र ४९३ आशिंक, चौरजहारी नगरपालिका १३० घरहरू पूर्ण, त्रिवेणी गाउँपालिकामा ४२ घर पूर्ण र ७१४ घर आशिंक रुपमा क्षति भएका छन्।

प्रहरीका अनुसार बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिकाका घरहरूमा भएको क्षतिको वास्तविक तथ्याङ्क आएको छैन।

प्रहरीका अनुसार यसअघि घरहरुको क्षति सम्बन्धी प्रारम्भिक तथ्याङ्क जिल्ला विपद् व्यवस्थापन समितिले बाहिर ल्याएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .