कर्णाली


बालकुमारी घटना : वीरेन्द्रनगरमा युवाहरूले निकाले सरकारविरुद्ध राँके जुलुस

बालकुमारी घटना : वीरेन्द्रनगरमा युवाहरूले निकाले सरकारविरुद्ध राँके जुलुस

नेपालखबर
पुस १४, २०८० शनिबार १९:४, काठमाडौँ

शुक्रबार बालकुमारीमा भएको घटनामा दुई युवाको मृत्यु भएपछि त्यसको विरोधमा वीरेन्द्रनगरमा राँके जुलुस निकालिएको छ। कर्णालीका युवा विद्यार्थीहरूले सुर्खेतको वीरेन्द्रनगरमा सरकारको विरुद्धमा शनिबार साँझ राँके जुलुस निकालेका हुन्। 

शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २३ वर्षीय वीरेन्द्रबहादुर शाहको मृत्यु भएपछि शनिबार कर्णाली प्रदेशका अधिकांश जिल्लाका विभिन्न स्थानहरुमा हिजोदेखिनै सरकारविरुद्ध आन्दोलन सुरु भएको छ। 

अनेरास्ववियु कर्णाली प्रदेशका सह–संयोजक मिजाश मल्लले मृतक युवाको न्यायका लागि सरकारविरुद्ध शुक्रबार (पुस–१३) गते साँझदेखिनै सरकार विरुद्ध आन्दोलन सुरु भएको जानकारी दिए। 

उनका अनुसार शनिबार (पुस–१४) गते दिउँसोभर कर्णाली प्रदेशका सुर्खेत, दैलेख, मुगु लगायतका जिल्लाहरुमा  ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाहरुले आन्दोलन गरेका थिए। 

आन्दोलनरत युवाहरुले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरेका थिए। उनीहरुले रोजगारीका लागि विदेश जान्छुभन्दा पनि राज्यकै कारण युवाहरुको ज्यान गएको अरोप छ।

यस्तै, आइतबार (पुस–१५)गते आन्दनेलन संघर्ष समिति सुर्खेतले माग पूरा नभएसम्म चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ। 

मृतक सुजन र वीरेन्द्रका आफन्तहरूले चरणबन्द आन्दोलनका कार्यक्रम अन्तरगत आइतबार सुर्खेतका सम्पूर्ण सरकारी सवारी साधन पूर्णरुपमा र दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टाका लागि सम्पूर्ण सवारी साधन बन्द गर्ने घोषणा गरेका छन्। 

साथै आफन्तहरूले कोरिया भाषा परीक्षाका लागि आन्दोलन भइराखेको ठाउँमा जवरजस्ती झण्डा हल्लाउँदै भीडमा प्रवेश गर्ने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र गोली हान्न आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। 

यस्तै, घटनामा संलग्न अन्यलाई कानून अनुसार कारबाही हुनुपर्ने, दोषिदलाई कारबाही र मृतक युवाहरूलाई सहिद घोषणा, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको ग्यारेन्टी लगायतका माग आफन्तहरूको रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .