ad ad

कर्णाली


पूर्वराष्ट्रपति भण्डारी सुर्खेतमा

पूर्वराष्ट्रपति भण्डारी सुर्खेतमा

नेपालखबर
फागुन २०, २०८० आइतबार १८:८, सुर्खेत

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत पुगेकी छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने पहिलो महिला सम्मेलनमा सहभागी हुन भण्डारी आइतबार सुर्खेत पुगेकी हुन्।

सोमबार सुर्खेत सिटी हलमा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा हुने पहिलो महिला सम्मेलनको उद्घाटन भण्डारीले गर्ने कार्यतालिका रहेको छ।

वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालका अनुसार अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उदेश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो।

सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, महिला नेत्री, आमा समूह, वडा समितिका अगुवा महिलाहरुको सहभागिता हुनेछ। ११४औं श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा कर्णालीमा महिला सम्मेलनको आयोजना गर्न लागिएको हो।

यस्तै, महिला सम्मेलन कार्यक्रममा मुख्यगरी उपप्रमुख र उपाध्यक्षहरुले नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेकाले उनीहरुको अनुभव आदनप्रदान गरिनेछ।

कार्यक्रममा सहभागीका लागि वीरेन्द्रनगर नगरपालिकाले प्रदेश सरकार, प्रदेशसभा सांसद, अन्य राजनीतिक दलका महिला नेत्रीहरुलाई पनि निमन्त्रणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .