कर्णाली


उकालोमा गाडीको टायर चिप्लिँदा २२ वर्षीय युवकको ज्यान गयो, बाँकी २२ जना सकुशल

उकालोमा गाडीको टायर चिप्लिँदा २२ वर्षीय युवकको ज्यान गयो, बाँकी २२ जना सकुशल

दुर्घटनामा परेको गाडी र त्यसमा परी मृत्यु भएका २२ वर्षे युवक


दिनेश बुढा
असोज २२, २०८१ मंगलबार ८:५४, सुर्खेत

दैलेखको चामुण्डाबीन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा २३ यात्रु बोकेको एसएमएल दुर्घटनामा परेको छ।

प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डा-२ चाल्ले चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको गाडी सोमबार राति ९ बजेतिर दुर्घटना भएको हो। 

दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनील दाहलले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि च्यापिएर घाइते चामुण्डाबिन्द्रासैनी नगरपालिका-१ सिंहासैनका २२ वर्षीय प्रकाश बुढाको मृत्यु भएको हो। 

बुढालाई उपचारका लागि दुल्लु अस्पताल लगिए पनि चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका हुन्। 

उनको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अन्य यात्रु भने सकुशल छन्। 

उकालोमा जाँदा टायर चिप्लिएर गाडी दुर्घटना भएको डीएसपी दाहालले जानकारी दिए। 

दुर्घटनामा परेको गाडी र चालक वीरेन्द्रनगर नगरपालिका-२ भुरेली बस्ने २८ वर्षीय राजेन्द्र बुढालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad