कर्णाली


कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु*

कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु*

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १६:५, काठमाडौँ

कालीकोटमा आइतबार जिप दुर्घटना भएको छ। जिल्लाको पलता गाउँपालिका–३ को राडुनेटामा जिप दुर्घटनामा परेको हो। 

कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिप दुर्घटनामा परेको जानकारी दिए। उनका अनुसार मृतकको संख्या यकिन भइसकेको छैन।

संख्या यकिन नभए पनि ६ जनाको मृत्यु भएको खबर आएको उनले नेपालखबरसँग बताए। पालिकाको वडा नम्बर ३ बाट ९ नम्बरतर्फ जाँदै गर्दा उक्त जिप दुर्घटनामा परेको हो।

उक्त गाडी सडकबाट लगभग डेढ सय मिटर तल खसेको प्रहरीले बताएको छ। घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट हेलिकोप्टर पुगेको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

*सच्याइएको

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad