कर्णाली


कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

नेपालखबर
जेठ २६, २०८२ सोमबार १६:५३, सुर्खेत

कर्णाली प्रदेशसभा बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो। 

आज बसेको प्रदेश सभाको दोस्रो कार्यकालको छैठौँ अधिवेशनको तेह्रौँ बैठक प्रतिपक्षले अवरुद्ध गरेको छ। 

बैठक सुरु हुँदा बित्तिकै नेकपा माओवादी केन्द्रका सांसद विन्दामान विष्टले बैठकमा बोल्दै योजना छनौटको प्रक्रिया नमिलेको बताए।

उनले कर्णाली प्रदेश सरकारले आगामि आर्थिक वर्षको बजेटका लागि आयोजना प्रस्ताव तथा छनौट सम्बन्धि कार्यविधि २०८२ माथि प्रश्न उठाए। 

योजना छनौटको कुनै वैज्ञानिक आधार नभएको बताउँदै सरकारले वैज्ञानिक आधार देखाउनुपर्ने विष्टले बताए। 

सरकारले बनाएको योजना बैंकमा योजनाहरू इन्ट्रि हुने आधारबारे सरकारले स्पष्ट पार्नुपर्ने माग राखे।

प्रतिपक्षले संसद अवरुद्ध गरेपछि प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad