प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले काठमाडौँ जिल्ला अदालतमा छड्के अनुगमन गरेका छन्।
सोमबार दिउँसो राउत एक्कासि अदालत पुगेर सेवाग्राहीसँग अन्तर्क्रिया गर्दै कामकाजको निरीक्षण पनि गरेका हुन्।
उनी न्यायपरिषद्का केही कर्मचारीहरू लिएर जिल्ला अदालत पुगेका थिए।
यसअघि उनी गत चैत १९ गते सर्लाही जिल्ला अदालतमा पनि छड्के अनुगमनका लागि पुगेका थिए। त्यहाँ पनि उनले सेवाग्राहीसँग अदालतको काम र प्रक्रियामा हुने गरेका ढिलासुस्ती र सास्तीबारे कुरा गरेका थिए।



438
Shares

प्रतिक्रिया